धम्कीपूर्ण अभिव्यक्ति दिने मन्त्रीबारे कांग्रेस महामन्त्रीले दिए तीन विकल्प

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् । गौर नरसंहार दोहोर्‍याउने मन्त्री यादवको सार्वजनिक अभिव्यक्तिप्रति महामन्त्री शर्माले आपत्ति प्रकट गरेका हुन् ।

शर्माले सामाजिक सञ्जालमार्फत राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । ‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न,’ उनले भनेका छन्, ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न ।’

उनले दिएका विकल्प यस्ता छन्

मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको उपचार; तिन विकल्प !

१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना

अथवा..

२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा

अथवा..

३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त
(आइसोलेसनबाटै सबै सम्बन्धितको ध्यानाकर्षण )

तिन उपचारका पछिल्तिर तिन कारण !
१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनैपर्दछ
२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न
३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न
जय नेपाल !

याे पनि 
मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति : सीके राउतलाई भनिन्- ‘गौर घटना दोहोरिन सक्छ, होस गर्नू’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *