आगो तापेर सुत्दा भक्तपुरमा शिशुको मृत्यु, बुबा आमा गम्भीर

भक्तपुर । कोठामा आगो तापेर सुत्दा भक्तपुरमा एक शिशुको मृत्यु भएको छ । शिशुका बुबा आमा अचेत अवस्थामा भेटिएका छन् । सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

बिहान अबेरसम्म पनि नउठे पछि स्थानीय र प्रहरीले ढोका फुटाएर हेर्दा अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । शिशुको उपचारकै क्रममा मृत्यु भएको र अभिषेक र उनकी श्रीमती पसुना तामाङको उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *