बझाङमा नेकपा एससहित ८ जनाको धरौटी जफत

काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एससहित ८ जनाको धरौटी जफत भएको छ ।

उपनिर्वाचनमा भाग लिएका ११ राजनीतिक दलका उम्मेदवार मध्ये नेकपा एमाले निर्वाचित भएको छ । कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

मतदान गरेका ३० हजार ३२८ जनामध्ये २९ हजार ७०४ मत सदर भएको थियो । जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत मात्र पाए । यसैगरी, राप्रपाका किशोर कुमार खड्काले २४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *