इलाममा सुहाङलाई ५ हजारको फराकिलो अग्रता

काठमाडौं । इलाम क्षेत्र नं २ मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् ।

हालसम्म सुहाङले १३ हजार ९ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत प्राप्त गरेका छन् । यसरी हेर्दा उनीहरुबीचको मतान्तर ४ हजार ९ सय ८६ रहेको छ ।

त्यस्तै यसअघि कांग्रेसका खड्कासँग मतान्तर घटाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको मतान्तर बढेको छ । उनले हालसम्म ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्। यसरी हेर्दा उनीहरुबीच ६ सय २९ रहेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू भने हालसम्म १ हजार ९ सय ४५ मतमै सीमित भएका छन् ।

त्यसो त राप्रपाका लक्ष्मी गुरुङले हालसम्म १०० मत पनि कटाउन सकेका छैनन् । उनले हालसम्म ७९ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *