कलाकार खेसारीलालद्धारा आयोजकसँग भारु १ करोड १५ लाख क्षतिपूर्ति माग

विराटनगर । भारतीय कलाकार खेसारीलाल यादवले आयोजकबाट क्षतीपर्तिको माग दाबी गरेका छन् । बर्जु गाउँपालिमा भएको घटनाको सम्पूर्ण जिम्वारी आयोजक समिति भएको दाबी गर्दै उनले घटनामा आफ्नो भारु १ करोड १५ लाख क्षति भएको बताएका हुन् ।

कालाकार खेसारीलालले आयोजक समितिविरुद्ध नेपाल प्रहरीमा १ करोड १५ लाख भारुको क्षतिपूर्तिको मागदाबीसहित निवेदन दिएका छन् । घटनामा २० लाख मुल्यपर्ने ८० लाख भारतीय मुल्य बराबरको ४ वटा गाडी र ३५ लाख भारतीय मुल्य बराबरको सांगितिक उपकरणहरु नष्ट भएको उनको दाबी छ । घटनापछि नायक खेसारीलाल भारत गएका छन । मंगलबार बर्जु गाउँपालिकाको वडानम्बर ६ मा आयोजित बर्जु महोत्सवमा खेसारीलाल नआएको भन्दै उत्तेजित समुहले तोडफोड र आगजनी गरेको थियो ।

आयोजकको मनपरी असुली
आयोजक समितिले भोजपुरी भाषाका सुपरहिट भारतीय कलाकार खेसारीलाल आउने भन्दै ५ सय सम्मको टिकट बिक्री गरेको थियो । उनको कार्यक्रम हेर्न सुनसरी, मोरङसहित मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतीय सिमाबर्ती क्षेत्रबाट पनि दर्शकहरु मेलामा पुगेका थिए ।

नगद लिएर टिकट विक्री गरेपनि अन्तिम समयमा आयोजक समितिले खेसारीलाललाई कार्यक्रममा उपस्थित गराउन नसकेपछि दर्शक आक्रोशित भएका थिए । उत्तेजित भीडले कार्यक्रमस्थलमा रहेको ४ वटा भारतीय नम्बरप्लेटको गाडीसहित सांगितिक उपकरण, स्टेज र कुुर्सी तोडफोड जलाएको थियो ।

बर्जुमा आगजनी र तोडफोड हुँदैगर्दा खेसारीलाल विराटनगरकै एशियाटिक होटलमा थिए । कार्यक्रममा सहभागी हुन मंगलबार बिहान साढे ८ बजे जोगबनी नाकाहुँदै ५ वटा गाडीमा दुइ दर्जन बढी सहयोगी कलाकारसहित विराटनगर आएर होटलमा बसेका थिए ।

खेसारीलाल कार्यक्रममा जानु अघिनै सांगितिक टोली र वाद्य वादकसहितको ४ वटा गाडी कार्यक्रम स्थलमा पुगेको थियो । कार्यक्रम स्थलमा पुगेका चारवटा गाडी र ल्याईएको महँगो सांगितिक उपकरणहरुसमेत तोडफोड र आगजनी भएको खेसरीलालले जानकारी दिएका छन् । घटनाको बारेमा उनले आयोजकले सम्पूर्ण जिम्वारी लिनुपर्ने बताएका छन् । कोरोनाको तीब्र संक्रमणका बेला प्रशासनले रोक लगाउदा लगाउँदै पनि आफूलाई अवस्था जानकारी नगराई सहभागि गराउन खोजिएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *