प्रचण्ड परिवारबाट ४ जना माओवादी केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् । आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहित परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन् । उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *