माओवादी केन्द्रीय सदस्य : खसआर्यतर्फकाे पहिलो नं.मा नारायण दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्रमा केन्द्रीय सदस्यहरूको नाम पेस गरिरहेका छन् ।

प्रचण्डले शुरूमा समानुपातिक प्रणालीको खसआर्य पुरुषतर्फका १३ सदस्यको नाम घोषणा गरेका छन् । जहाँ, पहिलो नं.मा नारायण दाहालको नाम छ । नारायण प्रचण्डका भाइ हुन् ।

यसअघि जारी महाधिवेशनका प्रतिनिधिहरूले माओवादीमा व्यक्तिवादी र परिवारवादी प्रवृत्ति हुर्किँदै आएको भन्दै प्रचण्डलाई सच्चिन आग्रह गरेका थिए । यसअघि पनि प्रचण्डले पार्टीमा परिवारवाद लादेको भन्दै कतिपय नेताहरूले असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

याे क्लस्टरअन्तर्गत अन्य सदस्यहरूमा सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *