पदाधिकारीको नाम प्रस्ताव गर्दै प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे सातौं दिनकाे बन्दसत्र काठमाडौँको प्रज्ञा भवनमा जारी छ । आजको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने छन् ।

माओवादीले सर्वसम्मत रूपमा पदाधिकारी टुङ्ग्याउने कसरत गरिरहेको छ । यसपछि स्थायी समिति बैठकमा छलफल भएअनुसार पदाधिकारीमा रहने नेताहरूको नाम प्रस्ताव गर्ने जिम्मा प्रचण्डलाई दिइएको हो । एक नेताकाअनुसार प्रचण्डले जारी बन्दसत्रमै पदाधिकारीहरूको नाम प्रस्ताव गर्नेछन् ।

ती नेताकाअनुसार प्रचण्डले प्रस्ताव गरेको नामबारे छलफल भने हुनेछ । ती नेताले भने, ‘उहाँले नाम प्रस्ताव गर्नुभएपछि थप छलफल हुन्छ । त्यसबीचमा अन्य नेताहरूबाट पनि कस्तो खाले प्रतिक्रिया आउँछ भन्ने पनि छ ।’

माओवादीमा १५ सदस्यीय पदाधिकारी टोली रहनेछ भने २९९ सदस्यीय केन्द्रीय समिति बन्नेछ । केन्द्रीय समितिको हकमा भने प्रदेशलाई अधिकार दिइने बताइएको छ । २९९ केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेश समितिलाई दिइने बताइएको छ ।

यसअघि महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति मात्रै टुङ्ग्याउने जमर्को गरेको थियो, यद्यपि प्रतिनिधिहरूले महाधिवेशनले नै सबै टुङ्ग्याउनुपर्ने माग गरेपछि प्रचण्ड दबाबमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *