आजको मौसम

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमपातको पनि सम्भावना

काठमाडौँ । अहिले तराई तथा पहाडी क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा पश्चिमी वायुको प्रभाव कायमै छ ।

पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर आंशिक बदली रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावनाका साथै बिहान तराईमा बाक्लो हुस्सु कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिन मौसमविद्ले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *