यस्तो छ क्लस्टरवाइज निर्वाचित हुने माओवादी केन्द्रीय सदस्यको सूची

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् ।

जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको सङ्ख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् । त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ ।

दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ । यस्तै सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादीले तयारी थालेको छ ।

यद्यपि माओवादीले भोलि दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्य तालिका स्थगित गरेको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउन भन्दै कार्य तालिका स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *