माओवादी महाधिवेशन : नेताहरुको सम्पत्ति छानबिनको माग

काठमाडौा । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्द सत्र चलिरहेको छ। मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टाेली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

जसमध्ये बुधबार बन्द सत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ । आफ्नो समूहमा छलफल गरेर सुझाव दिएका मध्ये धेरै टोली नेताले नेताहरुको सम्पत्निका बारेमा प्रश्न उठाएका थिए । उनीहरुले आफ्नो समूहमा छलफलका क्रममा नेताहरुको सम्पत्ति छानबिन गर्न विषय उठाएको उनीहरुको भनाइ थियो ।

प्रदेश २ बाट सत्यनारायण भगतले टोली नेताको रुपमा प्रस्तुती गरेका थिए । उनले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए ।

गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् ।

उनको समूहमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्थादेखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो । त्यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पेस गरेको सुझावमा पनि नेतारुको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *