सिभिल सहकारी ठगी प्रकरण

इच्छाराज र केशवलाललाई थुनामा राख्न आदेश, १० जना धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ठगीको अभियोग लागेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

यो पनि
इच्छाराजविरुद्ध साढे ५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर

पक्राउ परेका बाँकी १० जना भने धरौटीमा रिहा भएका छन् । रिहा हुनेमध्ये १ जना साधारण छारखेमा र ९ जनालाई धरौटीमा रिहा भएको जिल्ला अदलत काठमाडौँले जनाएको छ ।

यो पनि
इच्छाराज तामाङलाई ८ वर्ष कैद र साढे ५ अर्ब बिगो भराउन सीआईबीको माग

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरी उनीहरु दोषी रहेको निष्कर्ष निकालेको थियो । यसकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो ।

यो पनि
इच्छाराजको सीटीसी मल सञ्चय कोषले लिलाम गर्ने, ऋण तिर्न ३५ दिने सूचना

सिभिल सहकारीका १ हजार ५ सय ३ निक्षेपकर्ताले सिभिल सहकारीमा जम्मा भएको रकम अपचलन भएको भन्दै ४२ जनाविरुद्ध उजुरी दिएका थिए ।

यो पनि
महत्वाकांक्षाले मैल्यायो इच्छाराजको छवि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =