आईएमई लाइफद्वारा दृष्टिविहीन विद्यार्थी शिक्षाका लागि फेलोसिप सोसाइटीलाई सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरू उपलब्ध गराइनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौँ, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरूमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्त्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताइएको छ ।

फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको कम्पनीले जानकारी दिएको छ ।

को मूल मन्त्रलाई आत्मसात् गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =