सिटिजन्स बैंकको ८औँ विशेष साधारण सभा सम्पन्न: २ अर्बको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय, ४ सञ्चालक निर्वाचित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ ।
बुधवार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा उक्त सभा सम्पन्न भएको हो ।
८ औँ विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समूह क संस्थापक सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनी अनिल कुमार ज्ञवाली गरी १ जना र समूह ख सर्वसाधारण सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सेयर धनीहरू प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. ३ जना गरी जम्मा ४ जना सञ्चालकहरू निर्वाचित भएका छन् ।
यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।
८ औँ विशेष साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरू आ–आफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरू रहेका छन् ।
प्रकाशचन्द्र मैनाली वाणिज्य बैंकमा करिब ९ वर्ष भन्दा बढी कार्यानुभवका साथै सेवामूलक उद्योग लगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आबद्ध छन् । बैंकका अर्का सञ्चालक अनिल कुमार ज्ञवालीसँग नेपालका ठुला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।
फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । अर्का सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसक्नु भएको छ । अर्थशास्त्रमा को अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीति विश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् । डा. राजेन्द्र पण्डितले विभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन् । जसमध्ये २०१७ मा प्रबल जनसेवाश्री, २०२४ मालौरा बासी स्कॉलरशिप र २०२३–२४ मा प्रमुख छन् ।
सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका सञ्चालक समितिका सदस्य हीमादेवी खड्का केसी, विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरू जस्तै लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रूपमा २० वर्षभन्दा बढी कार्यानुभव रहेको छ । उनी आर्थिक पुनरुत्थान, रोजगारी प्रवर्द्धन, विकास र सामाजिक लचिलोपनमा करिब १०० मिलियनको विविध कार्यक्रम पोर्टफोलियाकोे नेतृत्व गरिसकेको अनुभव छ ।









