इच्छाराजको सीटीसी मल सञ्चय कोषले लिलाम गर्ने, ऋण तिर्न ३५ दिने सूचना

काठमाडौँ । सभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले निर्माण गरेको काठमाडौँको सुन्धारास्थिति सीटीसी मल भवन कर्मचारी सञ्चय कोषले लिलाम गर्ने भएको छ ।

तामाङले काठमाडौँ–११ सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेको ८२ हजार ९५ वर्गफिटको सीटीसी मल भवन धितोमा राखेर सिभिल स्टेट्स् प्रालिका नाममा सञ्चय कोषबाट ऋण लिएका थिए । तर, उक्त ऋण तिर्न पटक पटक ताकेता गर्दा पनि तामाङले ऋण नतिरेकोले उक्त ऋणबापतको धितो भवन तथा जग्गा लिलामीका लागि कोषले सोमबार ३५ दिने सूचना निकालेको हो ।

यसअघि सिभिल सेभिङ एन्ड को–अपरेटिभका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

उनी हिरासतमै भएका बेला सञ्चय कोषले समेत भाका नाघेको ऋणको साँवा र ब्याज बुझाउन ३५ दिनको समय दिएर सूचना निकालेको हो । सूचना अनुसार उनले ऋण भुक्तानी नगरे उनको धितो लिलामी हुने छ ।

धितोमा राखिएको सम्पत्तिबाट समेत सञ्चय कोषले लिनुपर्ने रकम भुक्तानी नभए ऋणीका नाममा भएका चलअचल सम्पत्ति लिलामी गरी असुल उपर गर्ने जनाएको छ ।

यस्ताे छ सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *