इच्छाराज तामाङलाई ८ वर्ष कैद र साढे ५ अर्ब बिगो भराउन सीआईबीको माग

काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितका मुख्य अभियुक्तलाई ८ वर्षका दरले कैद र कुल ५ अर्ब ५९ करोड रुपैयाँ बिगो भराउन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले माग गरेको छ । तामाङसहितका व्यक्तिहरुविरुद्ध २ महिना लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै सीआईबीले यस्तो माग गरेको हो ।

सिभिल सहकारी ठगी प्रकरणमा प्रहरीले इच्छाराज तामाङ, उनकी श्रीमति सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाई ३६ जनालाई अभियुक्त बनाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

मुख्य अभियुक्त बाहेकका बाँकी अरुलाई मतियार मानेको छ । सहकारीका १ हजार ४ सय ८७ जना निक्षेपकर्ताले उनीहरुविरुद्ध प्रहरीमा ठगीको जाहेरी दिएका थिए।

ठगीमा संलग्न रहेको अभियोगमा तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवान बहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ पक्राउ परेका छन्।

ठगी प्रकरणमा मुछिएका अरु भने फरारको सूचीमा छन् । सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गर्नेछ र थुनछेक बहस हुनेछ। उनीहरुमाथि हुने सजाय र बिगोको अन्तिम निर्णय भने अदालत बाट हुने छ । प्रहरीले तामाङसहित १२ जनालाई असोज १८ गते पक्राउ परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *