इच्छाराजविरुद्ध साढे ५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं । व्यवसायी इच्छाराज तामाङलगायत ४२ जना व्यवसायी विरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ठगी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सभिल सहकारीमार्फत गठी गरेको प्रकरणमा पक्राउ परेका तामाङमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको छानविनबाट देखिएको कसुरहरु र विगो रकम दाबी गर्दै सरकारी वकिल कार्यालयले अदालतमा आरोपपत्र दायर गरेको हो । कार्यालयले ५अर्ब ६७ करोड ५५ लाख २४ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

याे पनि : इच्छाराज तामाङलाई ८ वर्ष कैद र साढे ५ अर्ब बिगो भराउन सीआईबीको माग

तामाङविरुद्ध १ हजार ५ सय ३ जनाले २ सय ७ वटा उजुरी पत्र प्रहरीमा दर्ता गरेका थिए ।

तामाङ अध्यक्ष रहेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडले आकर्षक व्याजको लोभ देखाई संकलन गरेको निक्षेप रकम फिर्ता नगरी ठगी गरेको भन्दै उनी र उक्त संस्थाका सञ्चालकविरुद्ध उजुरी परेको थियो ।

उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई गएको असोज १८ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । लामो अनुसन्धानपछि केही दिनअघि मात्रै सीआईबीले उक्त विगो रकम भराउनु पर्ने मागसहित सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले तामाङसहित केशवलाल श्रेष्ठ, हरिहरप्रसाद लामिछाने, सुमननन्दन वैद्य, प्रवीण मुखिया, गोपालबहादुर श्रेष्ठ (मृतक), अष्टरत्न तुलाधार, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार)लाई समेत प्रतिवादी बनाएको छ ।

साथै, कृष्णप्रसाद पौडेल, प्रवीणप्रसाद प्रधान, खेमनाथ डल्लाकोटी, डा. इन्द्रराज हुमागाँई, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौला, सिर्जना शाक्य तामाङ, नगेन्द्र विमली, कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरुङ, मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठलाई प्रतिवादी बनाएकाे छ ।

त्यस्तै प्रकाश कुमार बर्मा, सुभाषकुमार श्रेष्ठ, जीवनराज बज्राचार्य, रञ्जना महर्जन, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, कान्तिलक्ष्मी उपाध्याय, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, शंकरप्रसाद पाठक, संगिता श्रेष्ठ, बिजयबिक्रम शाही, भगवान बहादुर सिंह, प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङलाई समेत प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *