सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ

काठमाडौँ । सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ गरेका छन् । उनीहरुलाई सोमबार राति प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले पक्राउ गरेको छ ।

सिभिल ग्रुपका अध्यक्ष तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् । उनीहरु सबैलाई कार्यालयबाट पक्राउ गरिएको हो । इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ ।

सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन्  ।  बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता माग्दा फिर्ता नगरी उनीहरु लुक्दै र भाग्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *