हङकङमा ७ जना पत्रकार पक्राउ

काठमाडौँ । हङकङमा ७ जना पत्रकार पक्राउ परेका छन् । त्यहाँको अनलाइन मिडिया स्ट्यान्ड न्यूजसँग जोडिएका कम्तीमा ७ जना पक्राउ परेको साउथ चाइना मर्निङ्ग पोस्ट्को हङकङ शाखाले जनाएको छ ।

समाचारमा जनाइएअनुसार त्यहाँको राष्ट्रिय सुरक्षा प्रहरीले उनीहरूलाई बुधबार (आज) पक्राउ गरेको हो । प्रहरीले सञ्चारमाध्यमको कार्यालयमा छापा मार्दै अहिलेका र पूर्व सम्पादकहरूलाई पक्राउ गरेको हो ।

साथै विभिन्न उपकरण पनि बरामद गरिएको जनाइएको छ । प्रहरीकाअनुसार उनीहरूलाई देशद्रोही सामग्री प्रकाशन गरेर वितरण गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो ।

बिहान स्थानीयसमयअनुसार ८ बजे २ सयभन्दा धेरै प्रहरीले स्ट्यान्ड न्युजको कार्यालयमा छापा मारेका थिए । हङकङ पत्रकार संघका अध्यक्ष तथा स्ट्यान्ड न्यूजका सहायक सम्पादकलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाइएको छ ।

गत जुनमा स्ट्यान्ड न्यूज राष्ट्रिय सुरक्षा कानूनबाट बच्ने उपायहरू प्रचार गर्ने हङकङको पहिलो मिडिया बनेको थियो । यसअघि हङकङको स्वतन्त्रताको पक्षधर एप्पल दैनिक पत्रिकालाई बन्द गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *