राजनीतिक दस्ताबेजकाे पूर्णपाठ:

प्रचण्डको आत्मालोचना : ‘मुखमा संविधान, मनमा विद्रोह’ हुँदा खति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी ८औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्ताबेजमार्फत आफ्नो कमीकमजोरी केलाएका छन् । जनताले अरु दलभन्दा फरक दलका रूपमा माओवादी पाउनुपर्ने तर, त्यो नभएको विश्लेषण गर्दै प्रचण्डले थुप्रै विषयमा आत्मालोचना गरेका छन् ।

सर्वप्रथम: प्रचण्डले बृह्त शान्ति सम्झौता (२०६३ मंसिर ५ गते) पछि पनि विद्रोहको रणनीतिमा भुल्नु आफ्नो ठूलो कमजोरी भएको स्वीकारेका छन् । शान्ति सम्झौता, लडाकूलाई शिविरमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै उनले आफ्नै आलोचना गरेका छन् ।

केन्द्रीय समितिको चुनवाङ्ग बैठकबाट सामान्य सैद्धान्तिक र राजनीतिक दिशाबोध गरिएको भए पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने र जनमुक्ति सेनालाई ‘क्यान्टोन्मेन्ट’ मा राख्ने अत्यन्त संवेदनशील विषयमा पार्टीमा पार्टी कमिटीहरूमा छलफल नभएको प्रचण्डकाे स्वीकाराेक्ति छ । ‘पार्टीका नीति, योजना, कार्यक्रमबारे समेत साझा धारणा बनाएर शान्ति सम्झौतामा हस्ताक्षर गर्नुपर्दथ्यो,’ प्रतिवेदनमा भनिएकाे छ, ‘वस्तुगत रूपमा सही भए पनि नेतृत्वको यो निर्णय प्रक्रियाले पार्टीभित्र आशंका बीजारोपण भयो । यसमा अध्यक्ष प्रचण्डको मनोगत र पार्टीको जनवादी केन्द्रीयता अतिक्रमण गर्ने आत्मविश्वास हावी भयो । कमजोरी त्यही नै भयाे ।’

संविधान निर्माणकाे कसरत हुँदै गर्दा तत्कालीन माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले फरक मत राखेका थिए । पार्टीकाे प्रमुख कार्यदिशा ‘संविधान निर्माण’ नै हुनुपर्छ भन्ने बाबुरामकाे प्रस्तावलाई नजरअन्दाज गर्दै प्रचण्डले अर्काे उपाध्यक्ष माेहन वैद्य ‘किरण’काे समर्थनमा विद्राेहकै नीति लिएका थिए । यहाँनेर पनि आफ्नाे गल्ती भएकाे प्रचण्डकाे निष्कर्ष छ । ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्रसंघीय मिसनको अवलोकनमा क्यान्टोन्मेन्टमा लगिसकेपछि विद्रोह र संविधान निर्माण दुवै कुरा एकैचोटि गरिरहनुले पार्टीमा ठूलो विचारधारात्मक अन्योल सिर्जना गर्‍याे,’ प्रचण्ड पछुताएका छन्, ‘अझ कतिपय सन्दर्भमा मुखले संविधानका कुरा, मनले विद्रोहका कुरा गर्ने भन्ने अत्यन्त अपारदर्शी र अवस्तुवादी काम भयो । शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राखिसकेपछि विद्रोह हुन सक्दैनथ्यो । विद्रोह हुने कुरै थिएन । बरु संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणमा ठूलो क्षति हुन पुग्यो ।’

संविधान निर्माण र विद्रोहको कुरा एकैचोटी हुँदा पार्टीले क्षति ब्यहोरोको प्रचण्डको निष्कर्ष छ । ‘संविधान निर्माण र विद्रोहको कुरा एकैचोटि गर्दा न पार्टी बच्यो, न प्रगतिशील संविधान बनाउने काम प्रभावकारी हुन सक्यो ।’

यस्तो छ पूर्णपाठ:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *