बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक दस्तावेज पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत सोमबारदेख सुरु भएको बन्द सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज पेश गरेका छन् ।

उक्त दस्तावेज पेश गरेपछि उनले अहिले वाचन गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई भने दस्तावेज बाँडिएको छैन ।

प्रचण्डले राजनीतिक दस्तावेज वाचन गरिसकेपछि पार्टीका नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने र ती दस्तावेजहरूमाथि बन्दसत्रमा समूहगत छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *