एक अर्काको प्रशंसामा प्रधान मन्त्री देउवा र अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो प्रशंसा गरेपछि दङ्ग परेका प्रचण्डले प्रधान मन्त्री देउवाको पनि मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

‘तपाईँ साँच्चै सोझो र बढो इन्नोसेन्ट नेताजस्तो लाग्छ मलाई । तपाईँले समय समयमा महत्वपूर्ण स्टेटमेन्ट दिने गर्नुभएको छ । हामी सशस्त्र संघर्षकै क्रममा रहेका बेला उहाँले प्रधान मन्त्री भएकै बेला मलाई बहादुर नेता भन्दिनुभयो, त्यो सानो कुरा थिएन‚’ देउवातिर हेर्दै उनले भने‚ ‘यसको महत्वपूर्ण र सकारात्मक प्रभाव पर्‍यो । पछि संसद्‌मा उहाँले मलाई राजनेता भनिदिनुभयो । त्यसको पनि महत्वपूर्ण अर्थ थियो । अर्को‚ उहाँले गठबन्धन चुनावभन्दा पनि पछि सम्मै जाने भनेर भन्नुभयो‚ हामी सबैले सुन्न चाहेको कुरा यहि थियो ।’

अध्यक्ष प्रचण्डले एमसीसी सहि हो भन्ने प्रधान मन्त्रीको भनाइ उनको निजी भए पनि त्यसमा कहाँनेर राष्ट्रहितविरुद्धको कुरा छ मलाई देखाउनुस् भन्ने कुरा सहि भएको र आफूहरू आपसी छलफलबाट यसलाई टुङ्गोमा पुर्‍याउने कुरा सहि भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *