पुस्तान्तरण पूँजीवादी शैली हो : मातृका यादव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणलाई पूँजीवादीको संज्ञा दिएका छन् ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा भएको माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले अहिले चलेको पुस्तान्तरणको शैली पूँजीवादी भएको बताएका हुन् ।

‘अहिले एउटा चलेको छ के‚ पुस्तान्तरण । बुढाहरूले छोड्दिनुपर्‍यो‚ युवाहरूलाई दिनुपर्‍यो । यो पूँजीवादी शैली हो के‚’ यादवले भने‚ ‘स्थापित लिडरहरूलाई पाखा लगाइदिने अनि केहि नजान्नेहरूलाई चाहिँ नेता बनाइदिने ।’

प्रचण्डपथलाई विकास गर्नुको साटो आफूहरूले त्यसलाई छाडेको भन्दै नेता यादवले क्रान्ति रनभुल्लमा परेको बताए । ‘कमरेड प्रचण्डले के गरेको हो भन्दै आममानिसमा प्रश्नहरू उठ्न थाले । सबैभन्दा पहिले त ममा नै उठे । अब उहाँ क्रान्ति गर्नुहुन्न भनेर सबै नेता हिँड्नुभयो‚’ उनले भने‚ ‘हाम्रो हविगत के भयो ? सबैभन्दा पहिले मैले छाडेँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *