गुणस्तरीय पूर्वाधारले न त पूँजीवादको बाटो छेक्छ‚ न त साम्यवादको नै : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक क्रान्ति पटक पटक भए पनि नागरिकले चाहेकोजस्तो विकास र निर्माणको युग ल्याउन नसकिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिँदै महासचिव पोखरेलले जनताले क्रान्तिमात्र नभएर निर्माण पनि खोजेको भन्दै नेपालमा तीनवटा ऐतिहासिक राजनीतिक क्रान्ति सम्पन्न भएपनि निर्माणको युग ल्याउन नसकिएको बताए ।

‘विदेशी अनुभव हेर्दा पनि हरेक राजनीतिक परिवर्तन पछि निर्माणको क्रान्ति पनि भएको छ । तर‚ हामीले तीनवटा राजनीतिक क्रान्ति गरे पनि निर्माणको युग ल्याउन सकेनौँ यस कुरामा हामीले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।’

देश विकासका लागि पूर्वाधारको विकास सबैका लागि भएको भन्दै ठुला र गुणस्तरीय पूर्वाधारका विषयमा पनि अनावश्यक राजनीति गर्न नहुने उनले बताए । ‘गुणस्तरीय पूर्वाधार कांग्रेसको बाटो अर्थात् उदार पूँजीवादका लागि पनि चाहिने कुरा हो गुणस्तरीय पूर्वाधारले न त कम्युनिज्म ल्याउन नै छेक्छ‚’ महासचिव पोखरेलले भने ।

यस्ता कुरामा सबै दल एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिँदै उनले समृद्धिको यात्रामा एक हुन नसक्ने हो भने जतिसुकै दलको गठबन्धन भए पनि अर्थ नहुने बताए ।

उनले दलहरूका आ-आफ्ना नीति‚ सिद्धान्त र विचार भए पनि आधारभूत कुरामा विवाद गर्न नहुने बताए । ‘देशको परराष्ट्र नीतिमा विवाद नगरौँ, यस्ता कुरामा सबै एकै ठाउँमा उभिऔँ, नत्र खेल्नेहरू हावी हुन्छन्‚’ उनले भने‚ ‘पूर्वकुटनीतिज्ञहरूले नेपालमा नियन्त्रित अस्थिरता ल्याउने प्रयास गरेको हाकाहाकी स्वीकारेको भन्दै परराष्ट्र नीतिमा सबै एकै ठाउँमा नउभिने हो भने हामी अरु देशको अस्थिरता ल्याउने प्रयास बनिरहनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *