शंकर पोखरेललाई देखाउँदै उपेन्द्रले भने- संसद् अवरुद्ध गरेर काम छैन

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् अवरुद्ध गर्नु राम्रो नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष यादवले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ देखाउँदै यादवले संसद अवरुद्ध गर्नु ठिक नभएको बताएका हुन् ।

‘राष्ट्रिय सवालहरूको सम्बोधन होस् । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रलगायतका उपलब्धिहरूमाथी कसैले आँखा लगाइरहेका छन् । अब विगतमा भएका कमीकमजोरीलाई सुधार्नुपर्छ‚’ उनले भने‚ ‘संविधान छ आज हामीसँग । तर‚ अझै देशको करिब आधा भूभागका जनताले कालो दिन मनाउछन् । अब संविधानलाई सबैको बनाउनुपर्छ । अब संसद् अवरुद्ध गरेर कुनै काम छैन । अवरुद्धको नेतृत्व गर्ने कमरेड यहीँ हुनुहुन्छ । अब देशका लागि नयाँ तरिकाले सोचौँ ।’

घाइते, बेपत्ताहरूले न्याय पाउन् भन्दै अध्यक्ष यादवले वर्ग र वर्ण विभेद भएकाले यसलाई पनि सरकारले चिनोस् भन्ने आशा व्यक्त गरेका छन् ।

‘भूमिगत, अर्धभूमिगत रूपमा हामी सँगै थियौँ । आज हामी त्यसरी सँगै नउभिएको भए आजको यो गणतन्त्र, संघीयतालगायतका परिवर्तनहरू हुँदैनथे‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *