माओवादीका संस्थापक नेताहरूले नै पत्याएनन् माओवादीलाई !

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे आठाैँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । आइतबार माओ दिवसको अवसर पारेर महाधिवेशन सुरु गरिएको हो ।

महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा बत्ती बालेर गरे ।

उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू शुभकामनाका लागि उपस्थित भए । तर‚ माओवादीका संस्थापक रहेर पनि अहिले विभिन्न दलमा रहेका नेताहरू भने सबैजसो अनुपस्थित रहे । सीपी गजुरेलबाहेक अन्य नेताहरू खुला सत्रमा अनुपस्थित रहे ।

नेताहरू माेहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँती, विश्वभक्त दुलाल आहुतिलगायतका नेताहरू उपस्थित भएनन् । उनीहरूलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रले जनाएको छ । माओबादी केन्द्रको कार्यालय सचिव श्रीराम ढकालकाअनुसार पूर्वमाओवादी ‘लिगेसी’ बोकेका सबै नेताहरूलाई निमन्त्रणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *