तस्बिरमा माओवादीको आठौँ महाधिवेशन

काठमाडौँ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशन भइरहेको छ ।

माओवादीले यसलाई पहिलो राष्ट्रिय सम्मेलनको रुपमा उद्घाटन गर्ने भनेपनि शनिबार अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनमा नेपाली कांग्रेसका सभापति एवं प्रधान मन्त्री शेरबहादुर देउवा‚ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू उपस्थित भएका छन्  ।

उनीहरूसँगै नेकपा एमालेका महासचिव शंकर पोखरेल‚ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव‚ नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनाली‚ नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेल‚ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू उपस्थित भएका छन् ।

महाधिवेशनमा तत्कालीन माओवादीमा भूमिगत हुँदै शान्ति प्रक्रियापछिको समयमा सँगै रहेका र अहिले माओवादीबाट छुट्टिएर गएका कम्युनिस्ट नेताहरू भने महाधिवेशनमा अझै आइपुगेका छैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *