मा‌ओवादीको आठौँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवशेनको उद्घाटनसत्र भर्खरै सुरु भएको हो ।

कार्यक्रममा सहभागी हुन नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव‚ राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत पुगेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत नेता जाने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *