शशांकलाई उछिन्दै मुक्ताकुमारीले पाइन् सर्वाधिक मत

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा मधेशी महिलाको तर्फबाट सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएकी छन् ।

३९६० मत ल्याएर उनी मधेशी महिला समूहतर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् ।

यसअघि कांग्रेस नेता शशांक कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत ल्याएर उनी केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् ।

खुला केन्द्रीय सदस्यको मतपरिणाममा शशांकलाई उछिन्दै उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *