कांग्रेस निर्वाचन : मधेसीतर्फका पाँच केन्द्रीय सदस्यको परिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको मधेसीतर्फका पाँच जना केन्द्रीय सदस्यको परिणाम आएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार अजय चौरसिया, चन्द्रमोहन यादव, दिनेशकुमार यादव महेन्द्रकुमार राय र विनोद चौधरी निर्वाचित भएका हुन् ।

चौरसियाले २५२२, चन्द्रमोहनले २१३८ विनोदले २२०६, दिनेशकुमारले १९५९ र महेन्द्रकुमारले १९८४ मत पाएका छन् ।

चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपनि रामवरण यादवका छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *