कांग्रेस खुला महिला केन्द्रीय सदस्यकाे मतगणना जारी, ७२८ मतसहित आरजु तेस्राे

काठमाडौँ । नेपाली कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना जारी छ। आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना शुरू गरिएको थियो ।

मतगणनाको पछिल्लो परिणामअनुसार १३६४ गन्दा  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा तेस्रो स्थानमा छिन् । उनले  उनले ७२८ मत ल्याएकी छिन् । पहिलोमा डिला संग्रौला छिन् । उनी ८२५ मतसहित पहिलो स्थानमा छिन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेस सचेतक पुष्पा भूसाल रहेकी छिन् ।

उनले ८०२ मत प्राप्त गरेकी छिन् । अम्बिका बस्नेत ६५८ मतसहित चौथो,  ईश्वरी न्यौपाने ६४० मतसहित पाँचौ र सरिता प्रसाईँ ६२४ मतसहित छैटौँ स्थानमा छन् । आज रातीसम्ममा खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *