कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा ‘गुण्डा नाइके’देखि पत्रकारसम्म

काठमाडौँ । गुण्डागर्दी गरेको अभियोगमा पटक पटक पक्राउ परेका र अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइएका गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर ३० औँ नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

उनलाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाए पनि पराजित भएका थिए उनीमाथि रक्त चन्दन तस्करी, फिरौती, ठेक्कापट्टा असुलीलगायत आरोपमा प्रहरीले पटक पटक पक्राउ गरेको थियो उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणले समेत मुद्दा समेत चलाएको थियो ।

यस्तै कांग्रेसको केन्द्रीय सदस्यमा पत्रकार अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । उनले १८११ मत ल्याएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उठेका थिए । दोलखाबाट महाधिवेशन प्रतिनिधि रहेका उनी नेपाल प्रेस युनियनका महासचिव समेत हुन । उनी हाम्राकुराडटकमका सञ्चालक तथा सम्पादक पनि हुन् ।

प्रतिक्रिया

One thought on “कांग्रेस केन्द्रीय सदस्यमा ‘गुण्डा नाइके’देखि पत्रकारसम्म

  1. उनलाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाए पनि अपराजित भएका थिए उनीमाथि रक्त चन्दन तस्करी, फिरौती, ठेक्कापट्टा असुलीलगायत आरोपमा प्रहरीले पटक पटक पक्राउ गरेको थियो उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणले समेत मुद्दा समेत चलाएको थियो ।- यस्तो अपराजित भन्ने शव्दले के अर्थ राख्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *