कांग्रेस निर्वाचन : ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, देउवा पक्षको वर्चश्व

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना सकिएको छ । खुलातर्फ केन्द्रीय सदस्य ३५ जना केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचनमा शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । कोइरालासहित एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, डा। गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम निर्वाचित भएका छन् ।

यस्तै दिनेश कोइराला, अजयबाबु शिवाकोटी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य निर्वाचत भएका छन् । गत सोमबार भएको मतदानबाट अहिलेसम्म सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *