कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो, नतिजा केहीबेरमा

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना सकिएको छ । मतगणना केहीबेरअघि सकिएको र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

खुलातर्फ केन्द्रीय सदस्य ३५ जना केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका छन् । उनीहरूमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।

गत सोमबार भएको मतदानबाट अहिलेसम्म सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *