कांग्रेस सहमहामन्त्री पाण्डेलाई मुख्यमन्त्री शाहीले दिए बधाई 

सुर्खेत । नवनिर्वाचित कांग्रेस सहमहामन्त्री बद्री पाण्डेलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बधाई दिएका छन् । कांग्रेस सहमहामन्त्री पदका प्रत्याशी समेत रहेका शाहीले आइतबार पाण्डेलाई आफ्नै निवासमा बोलाएर बधाई दिएका हुन् ।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा आफू सहमहामन्त्रीमा पराजित भए पनि १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संंगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको उनले बताए।

शुक्रबार सम्पन्न कांग्रेस सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही पाण्डेसँग २७८ मतले पराजित भएका थिए  । उक्त निर्वाचनमा सहमहामन्त्री पाण्डेले २४११ मत र शाहीले २१३३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *