पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थिए ।

मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो । उनी सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *