मधेसीतर्फको सहमहामन्त्रीमा यादव निर्वाचित

काठमाडौँ । कांग्रेसको मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार उनले २ हजार २६ मत प्राप्त गरे ।

उनका निकटतम प्रत्याशी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का प्रत्याशी रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । रामकृष्ण कोइराला समूहका उम्मेदवार हुन् भने कर्ण नेता प्रकाशमान सिंहनिकट उम्मेदवार हुन् ।

शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *