देउवाले दोस्रो इनिङमा शतक नभए पनि अर्धशतक हान्नुहुन्छ : धनराज

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधान मन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो इनिङ शुरू भएको बताएका छन् । दाेस्राे इनिङमा देउवाले पहिलाे इनिङमा भन्दा आफूलाई अझै सुधारेर अगाडि बढाउनेमा आफूहरू ढुक्क रहेकाे धनराजकाे भनाइ थियाे ।

क्रिकेटकाे प्रसङ्ग जाेड्दै धनराजले भने— ‘क्रिकेट कहिलेकाहीँ म पनि हेर्छु, तपाईंहरू पनि हेर्नुहुन्छ होला । क्रिकेट म्याचमा टेस्ट म्याच भन्ने हुन्छ एउटा, त्यसमा एउटै ब्याट्सम्यानले दुईपल्ट ब्याटिङ गर्नुपर्छ । पहिलो इनिङ्स, दोस्रो इनिङ्स । भलै श्रद्धेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ्स राम्रो भएन होला । क्रिकेटमा पहिलो इनिङ्समा डकआउट हुने ब्याट्सम्यानले पनि दोस्रो इनिङ्समा सेञ्चुरी हानिरहेको हुन्छ । हो त्यस्तै गरेर हाम्रो शेरबहादुर देउवाज्यूको पहिलो इनिङ्स त्यति राम्रो हुन नसकेपनि दोस्रो इनिङ्स शुरू भएको छ । यसमा हामी पनि छौँ नि ब्याट्सम्यान । तर हामी आशा गरौँ, हाम्रो प्रिय, श्रद्धेय सभापति सेञ्चुरी नहाने पनि हाफ सेञ्चुरी पक्कै हान्नुहुनेछ ।’

यस्तै उनले महाधिवेशनमा आफूहरूले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए । उनले भागबन्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागबन्डारहित बनाइ पुरातन र परम्परावादी सोच नराख्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *