कांग्रेस सहमहामन्त्रीमा ‘पिछडिएकाे क्षेत्र’बाट पाण्डे र थारुबाट उमाकान्त निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहान्त्री पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । यससँगै उनका प्रतिस्पर्धी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका छन् ।

शेखर कोइराला समूहका पाण्डेले २,४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २,१३३ मत ल्याए । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।

यस्तै थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मतपरिणामअनुसार ४,३६८ मत गन्दा उमाकान्त चौधरीले २,५४५ र तेजुलाल चौधरीले १,७७२ मत पाएका छन् ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *