सहमहामन्त्री मतगणना : देउवा पक्षको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना जारी छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीनवटा क्लस्टरको मतगणना भइरहेको छ । मधेसी, मुस्लिम र थारुतर्फ भइरहेको मतगणनामा मधेसीतर्फ महेन्द्र यादवले अग्रता लिएका छन् ।

रामकृष्ण यादव कोइराला पक्षका हुन् । उम्मेदवारी मनोनयन फिर्ता गर्ने समय सकिएपछि रञ्जित कर्णले रामकृष्णलाई सहयोग गर्ने बताएका थिए । तर, उनलाई मत परेको छ । अन्य क्लस्टरमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता रहेको छ । यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो ।

त्यसबाट दुईवटा क्लस्टरमा देउवा पक्ष र एउटामा कोइराला पक्ष विजयी भएको थियो ।

आजको गणना अपडेटः
मधेसीतर्फ : २०२५ मत गणना हुँदा
महेन्द्र यादव –१००६
रामकृष्ण यादव –७३६
रञ्जित कर्ण २५८

मुस्लिमतर्फ १९००मत गणना हुँदा
फर मुल्लाह मन्सुर –१०२९
शेख वकील – ८२९

थारुतर्फ ३०५५ मत गणना हुँदा
उमाकान्त चौधरी – १६७७
तेजुलाल चौधरी –१३३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *