कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा जिवन परियार विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार भएको मत गणनामा परियार विजयी भएका हुन् ।

यस्तै दलिततर्फबाट अर्का उम्मेदवार मानबहादुर विश्वकर्मा र गंगा सुनार पराजित भएका छन् । मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका जीवनले २२१३ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *