कांग्रेसको जनजातितर्फको सहमहामन्त्रीमा आङ्देम्बे विजयी

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा भिष्मराज आङ्देम्बे विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार भएको मत गणनामा आङ्देम्बे विजयी भएका हुन् ।

कांग्रेस निर्वाचनमा आदिवासी जनजातितर्फ खसेको कूल ४६८१ मतमध्ये उनले २७११ मत  ल्याएका छन् । यस्तै अर्का उम्मेदवार विकास लामाले १९१३ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *