महामन्त्रीद्वयका विजयोत्सव (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । अन्तिम मतपरिणामअनुसार गगनले ३०२३ मत पाए भने विश्वप्रकाशले १९८४ मत ल्याए ।

कांग्रेसको प्रधान कार्यालय सानेपामा निर्वाचन समितिले महामन्त्री पदमा दुवै जनाको नाम घोषणा गरेपछि विभिन्न नेता तथा कार्यकर्तासँग थापाले सानेपा स्थित पार्टी कार्यालयमा खुसी साटेका छन् भने शर्मा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको स्थान सुन्दरीजलमा पुगेर विजयोत्सव मनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *