मत नदिनेहरूको मन जित्नेगरी काम गर्नेछु : विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मत दिने र नदिने सबैको मन जित्नेगरी पार्टीमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएपछि महामन्त्री पदको घोषणा गरेको स्थल सुन्दरीजल पुगेका शर्माले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘मत दिनेहरूलाई सम्मान छ । नदिनेहरूप्रति पनि उत्तिकै सम्मान छ । मत नदिनेहरूको पनि मन जित्नेगरी काम गर्नेछु ।’

यस्तै उनले अर्का महामन्त्री गगनकुमार थापासँग हल बाँधेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म गौरवान्दित छु । तर, त्योभन्दा बढी गम्भीर छु । यसमा मेरो भाइ, मेरो सहकर्मी गगन थापासँग हल बाँधिएर काम गर्नेछौँ । दुई युवाहरूलाई जिताउनुपर्छ भनेर जिताउनुभयो । अब हाम्रो ऊर्जा पार्टीको काममा खर्च गर्छौँ ।’

यस्तै उनले बीपीको पार्टीमा काम गर्नेहरू सबै इमान्दारी र जोशिलो हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *