८५ प्रतिशत गणना सकियो, कसलाई कति प्रतिशत मत ?

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको गणनामा अहिलेसम्म ३ हजार ९९० मत गणना भएको छ । यो जम्मा ८५ प्रतिशत हो । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो । अहिलेसम्मको गणनाबाट सबैभन्दा धेरै मत गगन थापाले ल्याएका छन् । उनी शुरुदेखि नै अग्रस्थानमा छन् । यस्तै बिश्वप्रकाश शर्मा दोस्रो स्थानमा कायमै छन् ।
अहिलेसम्मको मतपरिणाम प्रतिशता यस्तो छ–

गगन कुमार थापा २५८१–६५ प्रतिशत
विश्वप्रकाश शर्मा १६४६–४१ प्रतिशत
प्रकाश शरण महत १३२७–३३ प्रतिशत
प्रदिप पौडेल ११८८–३० प्रतिशत
मिनेन्द्र रिजाल ६८७–२० प्रतिशत ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *