७० प्रतिशतभन्दा बढी गणनाः गगनले बढाए मत प्रतिशत, विश्वप्रकाशको स्थिर

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको गणनामा अहिलेसम्म ३ हजार ३२० मत गणना भएको छ । मतदानमा जम्मा ४६७९ मत खसेकोमा अहिलेसम्म ३ हजार ३२० मत अर्थात ७० प्रतिशतभन्दा बढी प्रतिशत हो ।

अहिलेसम्मको गणनाबाट सबैभन्दा धेरै मत गगन थापाले ल्याएका छन् भने बिश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् ।

जसमा गगनले २१६४ अर्थात ६५ प्रतिशत मत ल्याएका छन् भने शर्माले १३२८ अर्थात ४० प्रतिशत मत पाएका छन् । तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १०९२ अर्थात ३२ प्रतिशत, प्रदिप पौडेलले ९९९ अर्थात ३० प्रतिशत र मिनेन्द्र रिजालले ५८८ अर्थात १८ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *