सुन्तला खुवाएर पाैडेलले गुरुङलाई भने- बधाई छ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।

मतपरिणाम सार्वजानिक भएर निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् । पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए ।

No description available.

उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाउएर आम चुनावमा विपक्षसंगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।

No description available.

पौडेलले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी गराएका थिए ।

No description available.

उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने वचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *