५४ प्रतिशत गणना हुँदा कसलाई कति प्रतिशत मत ?

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको गणनामा अहिलेसम्म २ हजार ५२० मत गणना भएको छ ।

मतदानमा जम्मा ४६७९ मत खसेकोमा अहिलेसम्म २ हजार ५२० मत गणना सकिएको हो । गणना भएको मत कुल खसेको मतको ५४ प्रतिशत हो ।

अहिलेसम्मको गणनाबाट सबैभन्दा धेरै मत गगन थापाले ल्याएका छन् भने विश्वप्रकाश शर्मा दोस्रो र प्रकाशशरण महत तेस्रो स्थानमा रहेका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार महामन्त्रीको प्रत्यासीमा उठेका थापाले १६४८ मत अर्थात् ६५.३ प्रतिशत‚ शर्माले १०१९ मत अर्थात् ४०.४ प्रतिशत‚ प्रकाशशरण महतले ८२७ अर्थात् करिब ३२.८ प्रतिशत‚ प्रदीप पौडेलले ७४६ अर्थात् २९.६ प्रतिशत‚ डा मिनेन्द्र रिजालले ४३६ मत अर्थात् १७.३ प्रतिशत र डा राजाराम कार्कीले कुल मतको ६४ मत अर्थात् २.५ प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *