४५ प्रतिशत गणना सकिँदा गगनलाई ६५ र विश्वप्रकाशलाई ४० प्रतिशत मत

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको गणनामा अहिलेसम्म २ हजार १२० मत गणना भएको छ ।

मतदानमा जम्मा ४६७९ मत खसेकोमा अहिलेसम्म २ हजार १२० मत गणना सकिएको हो । गणना भएको मत कुल मतको ४५ प्रतिशत हो ।

अहिलेसम्मको गणनाबाट सबैभन्दा धेरै मत गगन थापाले ल्याएका छन् भने विश्वप्रकाश शर्मा दोस्रो र प्रकाशशरण महत तेस्रो स्थानमा रहेका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार थापाले १३८५ मत अर्थात् ६५ प्रतिशत‚ शर्माले ८५१ मत अर्थात् ४० प्रतिशत‚ प्रकाशशरण महतले ६९८ अर्थात् करिब ३३ प्रतिशत‚ प्रदीप पौडेलले ६२१ अर्थात् २९ प्रतिशत‚ डा मिनेन्द्र रिजालले ३६५ अर्थात् १७ प्रतिशत र डा‍. राजाराम कार्कीले ५९ मत अर्थात् तीन प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *