शुरु भयो कांग्रेस महामन्त्रीको मतगणना

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदका लागि मतगणना भइरहेको छ । केहीबेरमा पार्टी कार्यालय सानेपामा मतगणना शु्रू भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।

महामन्त्रीमा सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइरालाको प्यानलबाट छन् । कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए पनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

आज बिहान सम्पन्न उपसभापति पदको मतगणनामापूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *